प्रदेश नं २ मा काँग्रेस र मधेस केन्द्रित दलको गठबन्धन



काठमाडौँ, राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेका छन् ।

प्रदेश नं २ मा काँग्रेस, राजपा नेपाल र संघीय समाजवादीले निर्वाचनमा दुई÷दुईजना उम्मेदवार भागबण्डा गरी सोहीअनुसार उम्मेदवारी दिने सहमति गरेका छन् ।

काँग्रेसले सोही सहमतिअनुसार प्रदेश नं २ मा जीतेन्द्रनारायण देव ९खुला० र मुक्ताकुमारी यादव ९महिला०लाई उम्मेदवारी बनाउने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

त्यस्तै काँग्रेसले प्रदेश नं १ मा रमेशजङ रायमाझी ९खुला०, सरिता प्रसार्इं ९महिला० र विन बिक ९दलित० तथा प्रदेश नं ३ मा राधेश्याम अधिकारी ९खुला० र धना खतिवडा ९महिला०लाई उम्मेदवार बनाएको उहाँले बताउनुभयो । प्रदेश नं। ३ मा काँग्रेसका उम्मेदवारलाई नयाँ शक्ति पार्टी नेपाल र विवेकशील साझा पार्टीले सघाउने सहमति भएको पार्टी प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

काँग्रेसले अन्य चार प्रदेशमा भने मङ्गलबार नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । निर्वाचन आयोगको तालिका अनुसार माघ १० गते आज उम्मेदवारको मनोनयन पत्र दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुनेछ ।
रासस

प्रतिक्रिया दिनुहोस्