ओली–मोदी फोन वार्ता



नेपाल समाचारपत्र
काठमाडौं
नयाँ सरकार गठनको गृहकार्य भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ।

भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेका ओलीलाई आइतबार अपराह्न मोदीले टेलिफोनमार्फत अग्रिम शुभकामना दिनुभएको बुझिएको छ।

साथै ओलीले प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको मोदीले बताउनुभएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो।

विगतमा मोदीले नेपालका रामजानकी र मुक्तिनाथ मन्दिर दर्शन गर्न योजना बनाए पनि कार्य व्यस्तताले रोकिएको स्मरण गर्नुभएको थियो। जवाफमा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै धार्मिक स्थलहरूको भ्रमण गर्न आग्रह गर्नुभएको अधिकारीले प्रस्ट पर्नुभयो।

प्रतिक्रिया दिनुहोस्