मरियम चुनाव लड्ने

0
Shares

इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाजले आगामी आम चुनावमा लड्ने घोषणा गरेकी छिन्। पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन)की दोस्रो पुस्ताका नेताका रूपमा मरियमलाई तयार गरिरहेको एक अखबारले दाबी गरेको छ। पनामा पेपर्स चुहावट मामिलामा अयोग्य ठहरिएपछि नवाज सरिफले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। मरियम लाहौरको एनए १२० सिटबाट नेसनल एसेम्बलीका लागि चुनाव लड्ने डन समाचार पत्रले जनाएको छ। सन् २०१३ मा नवाज सरिफ सोही चुनाव क्षेत्रबाट निर्वाचित भएका थिए।