एक्लोपनासँग लड्न मन्त्रालय


लन्डन, (एजेन्सी)
एक्लोपना र डिप्रेसनसँग लड्नका लागि बेलायत सरकारले बुधबार नयाँ मन्त्रालयको गठन गरेको छ। उक्त मन्त्रालयको कार्यभार नागरिक समाज तथा खेल मन्त्री ट्रेसी काउचलाई सुम्पेको छ। प्रधानमन्त्री टेरिजा मेको कार्यालयले जारी गरिएको विज्ञप्तिमा उक्त मन्त्रालय लेबर पार्टीका सांसद जो कक्सको स्मरणमा बनाइएको उल्लेख गरिएको छ। सांसद कक्सले देशव्यापी बढ्दो एक्लोपना हटाउनका लागि आफूलाई समर्पित गरेका थिए। बेलायत सरकारको उक्त निर्णयलाई लिएर सर्वत्र सराहना भइरहेको छ। उक्त मन्त्रालयले सरकारको तर्फबाट बनाइएका रणनीति, व्यापार र आयोगका अधिकारीहरुसँग मिलेर काम गर्ने बताइएको छ।