अमेरिकी रक्षानीतिमा परिवर्तनको संकेत रुस र चीनमाथि हाबी हुन रक्षा बजेट बढाउने तयारी


वासिंगटन, (एजेन्सी)
अमेरिकी रक्षामन्त्री जेम्स मेटिसले अमेरिकी सेनाले अब आफ्नो ध्यान कट्टरपन्थीसँग लड्नुसट्टा रुस र चीनजस्ता प्रतिस्पर्धी शक्तिमाथि हाबी हुनमा लगाउनुपर्ने बताए।

वासिंगटनमा अमेरिकाको रक्षानीतिमा ठूलो परिवर्तनको संकेत दिँदै उनले रुस र चीन अमेरिकाको सुरक्षाका लागि ठूलो खतरा बनिरहेको बताए। मेटिसले रुसलाई संकेत गर्दै कसैलाई पिन अमेरिकाको लोकतान्त्रिक प्रक्रियामा प्रयोगका बारेमा सोच्ननहुने बताए।

उनले चेतावनी दिँदै भने– ‘यदि तिमी हामीलाई चुनौती दिन्छौ भने त्यो तिम्रो लागि सबैभन्दा लामो र नराम्रो दिन हुनेछ।’

रुसमाथि सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप लागेको छ। यसलाई लिएर अमेरिकी सत्ताभित्रै पदाधिकारीहरुबीच नै आरोप प्रत्यारोप चलेको थियो।

अमेरिकी रक्षा मन्त्रीले संसद्मा सेनालाई पर्याप्त बजेट दिनका लािग अपिल गरे र सेनालाई केन्द्रीय बजेट कटौतीबाट अलग्ग राख्नुपर्ने बताए। राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वर्ष आफ्नो प्रस्तावित रक्षा बजेटमा १० प्रतिशतले वृद्धी गर्न चाहेका छन् र उनले यसका लागि अर्को क्षेत्रमा कटौती गर्ने बताए। उनले त्यसका लागि विदेशी सहायतामा नै केही कटौती गर्नुपर्ने सम्भावना व्यक्त गरेका थिए।

यसलाई अमेरिकाको राष्ट्रिय सुरक्षानीतिमा ठूलो परिवर्तनको संकेत मानिएको छ। पहिला इस्लामिक स्टेट वा अल कायदाजस्ता कट्टरपन्थी संगठन अमेरिकी सेनाको निसानामा थिए। तर विस्तारै अमेरिका शितयुद्धका प्रतिद्वन्द्वी रुस र चीनले सामरिक रूपमा आफूलाई प्रभावशाली बनाएको छ।

मेटिसले भने– ‘हामीले चीन र रुसका रूपमा फरक–फरक संशोधनवादी शक्तिको बढ्दो खतराको सामना गर्नुपरेको छ। उनीहरु राष्ट्रलाई आफ्नो सत्तावादी मोडलअनुरुप बनाउन चाहन्छ।

शित युद्धपछि नै ती तीनैवटा परमाणु हतियार सम्पन्न शक्ति एकअर्काका लागि स्थायी खतरा बनेका छन्। विगत केही वर्षमा अमेरिका र रुस, सिरिया र युक्रेनमा आमनेसामने भएका छन्। अमेरिकी उप–रक्षामन्त्री एल्ब्रिज काल्वीले भने– चीन र रुस हाम्रो सैन्य क्षमतालाई चुतौती दिने उद्देश्यले विगत केही वर्षदेखि आफ्नो सैन्य क्षमता लगातार वृद्धि गरिरहेका छन्।

बजेट पारित नहुने स्थितिमा सरकारी कामकाज बन्द हुँदै
वासिंगटन, (एजेन्सी)
अमेरिकामा नयाँ बजेटलाई सिनेटले पारित नगरेपछि प्रशासनले सरकारी कामकाज बन्द गर्ने प्रक्रिया शुरु गरेको छ। आप्रवासी तथा सीमा सुरुक्षामा ठूलो विवादका कारण उक्त बेजेटसम्बन्धी विधेयकलाई आवश्यक ६० भोट प्राप्त हुन नसकेको हो। संघीय सरकारले प्राप्त गर्ने कोषका लागि उक्त विधेयक फेब्रुअरीसम्म पारित हुनु आवश्यक छ।

ह्वाइट हाउसमाथि कब्जा रहेको रिपब्लिकन पार्टीलाई कांग्रेसमा पनि बहुमत छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यालयले डेमोक्र्इटिक पार्टीमाथि अर्थहीन माग सारेर नागरिकका लागि समस्या उत्पन्न गरिरहेको आरोप लगाएको छ। ह्वाइट हाउसको प्रवक्ता सारा सेन्डर्सले भने– ‘उनीहरुका लागि राजनीति प्राथमिक हो वा हाम्रो राष्ट्रिय सुरक्षा, सेनाका परिवार, बच्चा तथा नागरिकका लागि काम गर्न सक्ने हाम्रो क्षमता।’

तर डेमोक्र्इटिक नेता चक सुमरले २ वटा २ पार्टीबीचको सम्झौतालाई खारेज गरेको र कांग्रेसमा आफ्नो पार्टीको दबाबलाई स्थान नदिएको बताए।

रिपब्लिकन र डेमोक्र्इटिक पार्टीबीच महत्वपूर्ण मुद्दामा एक अर्कासँग सहमत नै हुन नसकेको अवस्थामा भविष्यमा यसको नतिजा के आउँछ भन्ने कुरा स्पष्ट हुन सकेको छैन।

विद्यमान बजेटको अवधि शनिबार मध्यरातसम्म मात्र छ। बिहीबार राति प्रतिनिधिसभामा अर्को महिनासम्म सरकारी खर्चका लागि आवश्यक पैसाको बजेटलाई अनुमति दिन मतदान भएको थियो। मतदानको नतिजा २ सय ३० पक्षमा र १९७ विपक्षमा रहे पनि सिनेटमा ५०–४९को अन्तरका कारण पारित हुन सकेन।

५ रिपब्लिकन नेताले विधेयक विरुद्ध मतदान गरेका थिए भने ५ डेमोक्र्इट नेताले त्यसको समर्थन गरेका थिए। ह्वाइट हाउसको आरोपमा चक सुमरले जवाफमा लेखेका छन्– ‘आज हामी आफैंलाई जुन स्थितिमा देखिरहेका छौं , त्यसका लागि राष्ट्रपति ट्रम्पबाहेक अरु कसैलाई दोषी ठहर्याउन सक्दैन।
यसअघि सन् २०१३ मा बजेट संकटका कारण १६ दिनसम्म सरकारको कामकाज ठप्प भएको थियो। यस क्रममा कयौं सरकारी कर्मचारीलाई विदामा बस्न बाध्य पारिएको थियो।

बजेट संकटका कारण कयौं संघीय निकायले आफ्नो कार्यालय बन्द गर्नुपर्ने हुन्छ। किनभने कानुनी रूपमा कांग्रेसबाट खर्चका लागि पैसा प्राप्त नभएको अवस्थामा काम सुचारु गर्न सक्दैन।

देशको राष्ट्रिय उद्यान तथा भवनहरु पनि बन्द गर्नपर्ने हुन्छ। नागरिक सहुलियतका लागि अत्यन्त आवश्यक सेवाहरु मात्र सुचारु राख्नेछ।
डेमाक्र्इट नेताहरुले आवश्यक दस्तावेज नभएका कम उमेरमै अमेरिका प्रवेश गरेका ७ लाखभन्दा बढी आप्रवासीलाई फिर्ता गर्न नहुने माग राखेका छन्। उनीहरुलाई ‘ड्रिमर्स’ भन्ने गरिन्छ। उनीहरुलाई पूर्वराष्ट्रपति बाराक ओबामाको प्रशासनले एक कार्यक्रमअन्तर्गत अस्थायी नागरिकता दिएको थियो। गत सेप्टम्बरमा ट्रम्पले उक्त कार्यक्रम अन्त्य गर्ने घोषणा गरेका थिए। उनले कांग्रेसलाई यसको विकल्प खोज्न मार्चसम्मको समय दिएका थिए।

ट्रम्पले कडा सीमा नियन्त्रणका लागि बजेटमा अमेरिका र मेक्सिको बीच प्रस्तावित पर्खालका लागि पैसाको माग गरिएको छ। रिपब्लिकन पार्टीले कम आय भएका परिवारका बच्चाका लागि स्वास्थ्य बीमा कार्यक्रम ६ वर्षअगाडि बढाउने प्रस्ताव पनि दिएको छ। तर डेमोक्र्इटले उक्त कार्यक्रमलाई स्थायी रूपमा अगाडि बढाउन चाहेका छन्।