ओली र प्रचण्डबीच बालकोटमा आज निर्णयक वार्ता शुरु



मधुसुदन रायमाझी,काठमाडौं ।
पार्टी एकताको लागि निर्णायक छलफलमा जुटेका नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले निर्णायक वार्ता शुरु भएको छ । शुक्रवार तीन घण्टा वान टु वान छलफल भए पनि सहमति जुटन नसकेपछि आज पुनः छलफल हुन लागेको हो ।

ओली र प्रचण्डबी आज हुने छलफल निर्णायक हुने बताइएको छ । निर्वाचन लगत्तै पार्टी एकता गर्ने घोषणा गरेका दुई दलबीच अझै पार्टी एकताको मोडालिटिको बारेमा ठोस सहमति जुटन सकेको छैन् । ओली र प्रचण्डबीच नै पद बाँडफाँडमा कुरा मिल्न नसक्दा पार्टी एकता प्रक्रिया अगाडि बढन सकेको छैन् ।

ओली र प्रचण्डबीच आज पद बाँडफाँडमा सहमति गर्ने र भोली एकता संयोजक समितिको बैठक बस्ने भएको छ । प्रचण्डले ओली प्रधानमन्त्री बन्ने भएपछि पार्टीको नेतृत्व आफूले पाउनु पर्ने अडान लिएका छन् । ओलीले भने प्रचण्डलाई अध्यक्ष मान्ने कि नमान्ने भन्ने विषयमा स्पष्ट नहुँदा एकता प्रक्रिया शीर्ष तहमैबाट अगाडि बढन सकेको छैन् ।

 

 

प्रतिक्रिया दिनुहोस्