डिल्लीबजार कारागारबाटै कैदी भागे, छानबिन हुँदै



काठमाडौं । डिल्लीबजार कारागारबाट बिहीबार राति कैदी भागेका छन् । लुटपाट तथा डकैती मुद्दामा जेल परेका टिकाबहादुर थापा भागेका हुन्।

कारागारबाट कैदी कसरी भागे भन्ने अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

कारागारबाट कैदी प्रहरीकै मिलेमतोमा भागेको हुनसक्ने आशंका गरिएको छ । कैदी भागेको डिउटीमा रहेका प्रहरीले बिहान मात्र थाहा पाएका थिए।

प्रहरी स्रोतका अनुसार एसएसपी पूर्णचन्द्र जोशीको नेतृत्वमा छानबिन समिति गठन गर्न लागिएको छ । समितिले कैदी भागेको बिषयमा छनबिन गरी प्रतिवेदन पेश गर्ने छ ।

जेलबाट भागेका कैदी थापा कुख्यात अपराधी भएको प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्