जिप दुर्घटनामा १ जनाको मृत्यु, २ जना घाइते



सलिम अन्सारी, प्युठान । दाङको बंङ्गलाचुली गाउँपालिका ७ आमडांडामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुई जना घाइते भएका छन । आज बिहान प्युठानको सरुमारानी -४ जस्पुरबाट हात्तिखाल हुँदै दाङ तर्फ जाँदै गरेको लु १ ज २६५४ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घट्नामा परि बर्ष २५ का कविराम बरालको घटनास्थल मै मृत्यु भएको प्युठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताए।
जिपका सहचालक २१ बर्षिया सुदन बिक र ६५ बर्शिया मोम बहादुर पल्ली गम्भीर घाईते छन।

दुर्घटनाका मृतक र घाइते सरुमारानी ४ निवासी हुन।जिपमा ५ जना सवार रहेको बुझिएको छ।
हालै खोलिएको जस्पुर-बिर्खे कच्ची सडकमा जीप दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस्