एकै पटक परिवारका चार जना सदस्य मानसिक रोगी

0
Shares

शिवहरीप्रसाद भट्टराई, राजविराज । एकै पटक परिवारका चार जना सदस्यको मानसिक उपचार गराईरहेकी राजविराज ४ की रामपरिदेवी शर्मा समस्यामा परेकी छिन् ।

रामपरिका पति ४५ वर्षीय गणेश, छोरा २२ वर्षीय मनोज र छोरीहरु १९ वर्षीया पुनमकुमारी र १७ वर्षीया कोशिलाकुमारीलाई ‘सिजोफ्रेनिया’ भएको छ । वीरगञ्ज मेडिकल कलेजका नसा तथा मानसिक रोग विशेषज्ञ भरतकुमार गोइतले ६ वर्षअघि उनीहरुको जाँच गरेर सिजोफ्रेनिया भएको पुष्टि गरेका हुन् ।

गोईतका अनुसार वंशाणुगतरूपमा सर्ने यो रोग अत्यन्त जटिल प्रकारको मानसिक रोग हो । यो विश्वका करिब एक प्रतिशत मानिसमा पाइएको छ ।

चारै जनाले डा. गोईतले नै सिफारिस गरेको औषधि नियमित खाँदै थिए। तर, औषधी सकिएपछि फेरी भारतको सिलिगुडि र त्यसपछि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै आएको थियो । तर, पछिल्लो समय औषधी खानेसम्मको पैसा नभएपछि आफु अप्ठ्यारोमा परेको उनले सुनाईन् ।

उनका पति गणेश लोहारको काम गर्छन । ‘मुड चलेको वेला १÷२ सय कमाउनु हुन्छ, नत्र ठेगान हुँदैन’– उनले भनिन् । आफु चै मासिक ६ हजार तलवमा अर्काकोमा काम गर्ने गरेपनि परिवारको स्याहार गर्दै काममा जान नभ्याउँदा मुस्किलले २ हजार हात पर्ने गरेको उनको भनाई छ ।
सवैलाई रोगले च्याप्दै लगेपछि अव चै थेग्नै नसक्ने अवस्थामा पुगेको रामपरीले वताईने । पति केहि सामान्य अवस्थामा छन् र कान्छि छोरी पुनम केहि सामान्य अवस्थामा भएपनि छोरो मनोज र जेठी छोरी कोशीलाकुमारीको अवस्था विग्रदै गएकाले आफुलाई पिरोलेको उनको भनाई छ ।
उपचारका लागि पैसा नहुँदा यति वेला थप समस्या परेको उनले गुनासो गरिन् ।