वाक्लो हुस्सुका कारण ट्रक दुर्घटना

0
Shares

शिवहरीप्रसाद भट्टराई, राजविराज । वाक्लो हुस्सुका कारण चालकले वाटो ठम्याउन नसक्दा सप्तरीको कञ्चनरुप स्थित सुन्दरी पुलमा ठोक्किएर विहिवार विहानै ट्रक दुर्घटना भएको छ । गोरु वोकेर पुर्व जाँदै गरेको ट्रक दुर्घटनामा चालक सहित ५ जना गम्भिर घाईते भएका छन् भने ८ वटा गोरु घटनास्थलमै मरेका छन् ।

विहान करिव साढे ५ वजे ना६ख १७०५ नम्वरको ट्रक पुर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप–१२ रुपनगर स्थित पुलमा ठोक्किएर पल्टिएको स्थानीवासी उत्तम आचार्यले जानकारी दिए ।

दुर्घटनामा चालक रामेछाप लखनपुर–९ निवासी ३५ वर्षिय रत्न लामाको टाउको र सहचालक चितवन निवासी २० वर्षिय सुशिल थपलियाको छातिमा चोट गम्भिर चोट लागेको छ भने गोरु ब्यापारीको सर्लाहीको विर्ता निवासी ५५ वर्षि किशोरी राय यादवको पिसाव नली काटिएको कञ्चनरुप–१२ धरमपुर स्थित धर्मेश्वर हस्पिटलका डाक्टर दिलिप कर्णले वताए ।

यसैगरी अर्का ब्यापारी भारतको विहार स्थित पुर्णीयाँ वजारका २७ वर्षिय मो. नसिमको खुट्टा भाँचिएको छ । घाईते सवैलाई धर्मेश्वर हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारार्थ गोल्डेन हस्पिटल विराटनगर पठाईएको डा. कर्णले वताए ।
घटनामा ट्रकमा रहेका मध्ये ८ थान गोरु घटनास्थलमै मरेको आचार्यले वताएका छन् ।