भोकै बित्छ रात

0
Shares

सधैं चन्दाको भरमा गुजारा चलाइरहेका ७४ वर्षीय जितबहादुर विश्वकर्मा प्रायः बेलुका भोकै सुत्छन् ।
सात महिनाअघि हेटांैडा–११, थानाभ¥याङमा बसिरहेका विश्वकर्मा ढलान गरेको पिंढीमा चिप्लेर ढाडमा चोट लाग्यो । उनकी पत्नी ७३ वर्षीया मैनाको ३ वर्षअघि त्यसरी नै चोट लागेको थियो । उनी हिँड्नसक्ने अवस्थामा छैनन् । विश्वकर्मालाई आफू लडेपछि पीडामाथि पीडा थपियो । त्यस दिनदेखि उनका दिन अझ कष्टकर बनेका छन् ।
लडेपछि हेटांैडा अस्पतालमा जचाँए । डाक्टरले दुई महिना आराम गर्नु, ठीक हुन्छ भनेका थिए रे । तर, भएन । सात महिना भयो ढाडको समस्या अझ बढेको छ । हिँड्न, काम गर्न नसक्ने उनले बताए ।
आर्थिक अभाव र ढल्दो उमेरका कारण अशक्त भएकाले उनले उपचार गर्न सकेका छैनन् । त्यो समयसम्म त जेठा छोरा बुहारीले हेरेको थिए । तर जब लडे, अनि उनीहरुको मुखसमेत देख्न गाह्रो भएको छ । ‘दुई छोरा छन्, हामीलाई कष्ट परेपछि उनीहरुले वास्ता गरेनन्,’ उनले भने । कोठा भाडा तिर्न नसकेपछि निक्लिन बाध्य भएको उनले गुनासो गरे । त्यसपछि राप्ति खोलाछेऊ सुकुम्बासी टोलमा उनीहरु बस्दै आएका छन् ।
‘आर्थिक अभाव र उमेरका कारण ओत लाग्ने घर निर्माण गर्ने क्षमता छैन । न त उपचार गर्ने वातावरण छ,’ उनले दुःखेसो पोख्दै भने– अन्न र लुगाफाटोको व्यवस्था नहुँदा अरुले दिएको दुई छाक खाना र लुगाफाटोमै गुजारा चलाउन विवश छौं । अशक्त विश्वकर्मा भन्छन्– कसैले सहयोग गर्लान् भनेको, कसैले सहयोग गरेनन् । पैसा अभावका कारण चेकअप गराउन सकेका छैनन् । धेरैैजसो हेटांैडा बजारसम्म आएर चोकमा मान्छेसँग चन्दा उठाएर खाने र गुजारा गर्ने गरेको उनले गुनासो पोखे । ‘अरुले नदिएको दिन हामी बुढाबुढी भोकभोकै सुत्ने गरेका छौं,’ उनले भने । शरीरमा लगाएको एकसरो लुगाबाहेक केही नभएका ज्येष्ठ नागरिक विश्वकर्मालाई आगामी दिन कसरी गुजारा चलाउने भन्ने पिरलो छ ।