प्रदेश राजधानीले लफडै लफडा



वीरगन्जको घण्टाघर चोकमा टायर बालेर गरिएको प्रदर्शन । तस्बिरःकृष्णउदास खनाल/नेस

कृष्णउदास खनाल, वीरगन्ज । बुधबार बसेको मंत्री परिषदको बैठकले २ नम्बर प्रदेशको अस्थायी मुकाम जनकपुर बनाउने निर्णय गरेसंगै चिसो रहेको वीरगन्जको माहौल ह्वात्तै तातेको छ ।

वीरगन्जलाई प्रादेशिक राजधानीको घोषणा गर्न दवाव दिनका लागि गठित संघर्ष समितिले वीरगन्ज मुकाम नतोकिएको भन्दे बिहीबार बन्द–हडतालको बाटो रोजेपछि जनजीवन कष्टकर बनेको छ । बन्दकर्ताहरुले बिहानैदेखि सडक अवरुद्ध पारेर सवारी आवागमन ठप्प पार्दा जनजीवन प्रभावित बन्न पुगेको छ । कलकारखाना, बजार र शैक्षिक संस्थामा पनि बन्दको असर देखिएको छ । यद्यपि, बन्दकर्ताहरुले एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारी साधनको सञ्चालनमा भने कुनै अवरोध पुर्याएका छैनन् ।

२ को अस्थायी राजधानी जनकपुरलाई घोषणा गरेपछि जनकपुरलाई नभई वीरगन्जलाई प्रदेशिक राजधानी घोषणा गर्नुपर्ने माग राखेर संघर्ष समितिले अनिश्चितकालीन बन्दको आह्वान गरेको थियो । यसअघि संघर्ष समितिको आयोजनामा वीरगन्जको घण्टाघरमा रिले अनशन चलिरहेको थियो ।

संघर्ष समितिका सह संयोजक एवम् एमाले नेता राजकुमार गुप्ताले मधेश आन्दोलनको केन्द्र रहेको वीरगन्जलाई प्रादेशिक राजधानी नतोकेर यस क्षेत्रका नागरिकमाथि सरकारले अन्याय गरेकोले कडा आन्दोलनमा उत्रनु परेको बताएका छन् । वीरगन्जलाई राजधानी बनाउने बिषयमा खासै मुख नखोलेका मधेशवादी दलका जिल्लाका नेताहरु प्नि आपत्ति जनाएका छन् ।

फोरमका जिल्ला अध्यक्ष प्रदीप यादवले बिज्ञप्ती निकालेर सरकारी रबैयाको बिरोध गरेका हुन् । बन्द आह्वान गरिदा जनजीवन भने निकै कष्टकर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्