नेपाल समाचारपत्र, धनकुटा ।
प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका आन्दोलनकारीले तोडफोड र आगजनी गरेपछि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको छ । आन्दोलनले उग्र रुप लिएपछि धनकुटा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार धनकुटाको पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास र दक्षिणमा पातले खोलासम्म कफ्यू लगाइएको र झडपमा आन्दोलनकारी र प्रहरीबीच ढुंगा हानाहान समेत भैरहेको छ ।