यस बर्ष लक्ष्य भन्दा बढि तरकारी वीउ उत्पादन हुने अनुमान

0
Shares

धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको समशितोष्ण तरकारी वीउ उत्पादन केन्द्र चाँपामा यो वर्ष लक्ष्य भन्दा बढि तरकारी वीउ उत्पादन हुने अनुमान गरिएको छ । ९० रोपनी क्षेत्रफलमा लगाईएको तरकारी वीउवालीमा अहिलेसम्म कुनैपनि रोगको संक्रमण नदेखिएकाले लक्ष्य भन्दा बढि तरकारी वीउ उत्पादन हुने अनुमान गरिएको हो ।

मूल वीउ तथा उन्नत वीउ उत्पादन हुने चाँपामा हाल काउली, मूला, रायो, केराउ, प्याज, गोलभेडा, चम्सूर, धनियाँ, सलगम लगायतका विभिन्न तरकारी वीउबाली लगाईएको छ । प्रयाप्त हावापानी र उपयुक्त माटोका कारण सोचेभन्दा बढी तरकारीको स्रोत वीउ उत्पादन हुने यस केन्द्रबाट देशका विभिन्न ठाउँ र विदेशमा समेत तरकारी वीउ निर्यात हुने गर्दछ ।

तरकारी वीउ उत्पादनका लागि नेपालकै पकेट क्षत्र मानिएको चाँपाले गत आर्थिक वर्षमा मात्रै चार मेट्रिक्टन तरकारी वीउ उत्पादन गरेको थियो । ९० रोपनी जमिनमा विभिन्न जातका तरकारीको नर्सरी तयार गरी केन्द्रले मुल तथा उन्नत वीउ उत्पादन गरेर कृषकलाई सहुलियत मुल्यमा तरकारी वीउ बिक्रि गर्ने गर्दछ ।

केन्द्रले विभिन्न जातका १६ थरी तरकारी मुल वीउ उत्पादनबाट बर्षेनी २० लाख सम्मको आम्दानी गर्दै आईरहेको छ । २०३५ सालमा स्थापना भएको यो केन्द्रले कुनै समय बिदेशमा राम्रो चर्चा पाएपछि छिमेकी मुलुक भारत र चिन तथा अन्य मुलुकमा पनि निर्यात हुने गरेको छ । यहाँ उत्पादन भएको बिउ देशका बिभिन्न जिल्लामा निर्यात हुने बरिष्ठ बागवानी विकास अधिकृत डाक्टर रबिन्द्र नाथ चौवेले बताउनुभयो । मुला,काउली,प्याज,सलगम रायो,केराउ,झाँगे सिमी,लहरे सिमी,स्क्वास,फर्सी,टमाटर,भेडेखुर्सानी, आदी बिभिन्न तरकारी बालिहरुको मुल बीउ प्रति बर्ष ६–६.५ टन उत्पादन हुँदै आएको छ ।

बिगत केही बर्ष यताको अवस्था लाइ मध्यनजर गदै बीउ उत्पादन केन्द्र लाइ अझ आधुनिकिकरण गर्ने उद्देश्य रहेको र देखीएका समस्या समाधानको लागि बिभिन्न गैरसरकारी सस्था सँग पनि सहकार्य गदै अघि बढिरहेको केन्द्रले जनाएको छ । तरकारी बीउ उत्पादक कृषकहरुको प्राबिधिक ज्ञान र सिपमा बिकास गराई गुणस्तरयुक्त बीउ उत्पादन गर्ने,बीउ उत्पादक कृषक समुहका सदस्यहरुको सहकारीता सम्बन्धी चेतना अभिबृद्धी गराई सहकारी सँस्थाको निर्माण,बीउ बिक्री केन्द्रहरु लाइ ब्यवस्थित गर्ने आदी कार्यहरु पनि केन्द्र बाट हुदै आएको छ । यसै गरी रुकुमेली समाज विकास केन्द्र र सेभ द चिल्ड्रेनले रुकुमका अधिकांश ग्रामिण बस्तीहरुमा कृषकहरुसँग कार्यक्रम सञ्चालन गरेका छन् ।

बिउ उत्पादनका साथै कृषकलाई तरकारी खेती गर्नमा प्रोत्साहन गर्ने खालका कार्यक्रम संचालन गरेका छन् । रुकुमेली समाज विकास केन्द्र रुकुमका अध्यक्ष नरबहादुर नेपालीले कृषकका लागी प्रत्यक्ष फाइदा पुग्ने काम संस्थाले संचालन गरिरहेको जानकारी दिनुभयो । नेपाल समाचार पत्रसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष नेपालीले रुकुमका अधिकांश बिकट बस्तीमा समेत कृषि सम्बन्धी कार्यक्रम प्रभावकारी भएको दावी गर्नुभयो ।