प्रदेश प्रमुख र मुकाम तोक्न मन्त्रिपरिषद बैठक शुरु



काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटार शुरु भएको छ ।

प्रदेशप्रमुख र मुकाम तोक्न बिषयमा दलहरुबीच सहमती नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आजको मन्त्रिपरिषद बैठकबाट प्रदेशप्रमुख र मुकाम तोक्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवाले यही बिषयमा छलफल गर्न मंगलबार वाम गठबन्धनसँग बैठक आव्हान गरेका थिए । तर वाम गठबन्धनका नेताहरु बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग अन्तरक्रिया गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्