३३ केजी सुन तस्करीका फरार अभियुक्त पक्राउ

0
Shares

काठमाडौं । युएइ दुबईबाट ल्याएको ३३ के.जी. ५७७.४० ग्राम सुनकाण्डका थप अभियुक्त पक्राउ परेका छन ।  अवैध रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरी सके पश्चारत् जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ८ तिलगङ्गा पिङलास्थानमा केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले गोपाल बहादुर शाही समेतलाई पक्राउ एवं वरामद गरी अनुसन्धानको क्रममा १२ जना प्रतिवादीहरु पक्राउ गरेको  हाे ।

गरी ३३ जना प्रतिवादीहरु बिरुद्द संगठित अपराध अन्तर्गत अनुसन्धान गरी जिल्ला सरकारी वकील कार्यालय काठमाण्डौ मार्फत मिति २०७३।११।२२ गते सम्मानित काठमाण्डौ जिल्ला अदालत समक्ष अभियोग पत्र सहित पेश गरिएको थियो ।

प्रस्तुत मुद्दामा संलग्न भई फरार रहेका भारत राजस्थान गंगानगर स्थायी ठेगाना भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २ गैरीधारा बस्ने काठमाण्डौ बिशालबजारमा सालिमार ज्वेलर्स सुन पसलका सञ्चालक बर्ष ३२ को राहुल गोयल मिति २०७४।०९।२६ गते पक्राउ परी प्रस्तुत मुद्दामा अनुसन्धान भै रहेको प्रहरीले छ।