‘नकचरो’ भन्दै वामदेवले देउवालाई यस्ताे के भने ?

0
Shares

काठमाडौं । नेकपा एमालेका कार्यबाहक अध्यक्ष वामदेव गौतमले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई कडा जवाफ फर्काएका छन् । केहि दिनअघि प्रधानमन्त्री देउवाले एक कार्यक्रममा कसैको बहुमत आएको छैन, सत्ता छाड भन्न लाज लाग्दैन रु भन्ने प्रश्न गरेपछि गौतमले आज जवाफ फर्काउँदै नकचरो भएपछि, लाज समाप्त भएपछि जे पनि भन्दा रहेछन् भन्ने शब्द प्रहार गरेका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा गौतमले कांग्रेस सत्ता लम्ब्याउने र एमाले र माओवादी गठबन्धन भत्काएर आफ्नो समर्थनमा सरकार बनाउने खेलमा लागेको उनले बताए । वाम गठबन्धन फुटाउन सकिन्छ कि भनेर कांग्रेस लागि परेको गौतमले बताए ।

कांग्रेस नेताहरुले सराप दिएको गठबन्धनलाई नै जनताले बरदान दिएर बहुमतमा आएको भन्दै एमाले कार्यबाहक अध्यक्ष गौतमले भने, ‘यो प्रधानमन्त्रीलाई थाहा छैन र ?