घोडा चोर पक्राउ

0
Shares

कैलाली । घोडा चोरीगरी फरार रहेको अभियोगमा हुम्लाका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीको बलिया बलचौरबाट २२ घोडा चोरी गरी अछाम पु¥याउने धर्मराज संज्याललाई नियन्त्रणमा लिइएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

चोरीका घोडा कैलालीको सुगरखाल हुँदै अछामतर्फ ल्याउँदै गर्दा प्रहरी चौकी भैरवस्थानको टोलीले संज्याललाई पक्राउ गरेको हो ।

हुम्लाबाट चिसो छल्न कैलाली लगिएका अदानलचुली गाउँपालिकाका ती घोडा संज्यालले गत पुस २६ गते चोरी गरी अछाम पु¥याएका थिए ।

अभियुक्तलाई सोधपुछ पछि घोडासहित इलाका प्रहरी कार्यालय लम्की कैलालीलाई बुझाइएको अछाम प्रहरीले जनाएको छ । ती घोडाहरुको मुल्य करिब २० लाख रुपैँया भन्दा बढी रहेको छ ।