मन्त्रिपरिषद् बैठक बुधबारलाई सर्यो



काठमाडौँ । आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक बुधबार बिहान बस्ने भएको छ ।

बैठक बिहान ९ बजे बस्ने तयारी भएको प्रधानमन्त्री शेरबहादुर देउवादका प्रेस संयोजक गोविन्द परियारले बताए ।

सर्वदलीय सहमति जुटाउन बाँकी भएकाले आज बस्ने भनिएको बैठक भोलिका लागि सारेर प्रधानमन्त्री सहमति जुटाउने काममा लागेका हुन् । प्रदेश प्रमुख र प्रदेश मुकाम तोक्ने विषयमा सहमति जुटाउन सरकारलाई कठिनाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्