अत्याधिक चिसोले हवाई उडान प्रभावित



बाँके । पछिल्लो दुई दिनयता नेपालगन्ज लगायतका आसपासका क्षेत्रमा शितलहरका कारण अत्याधिक चिसो बढे संगै जनजिबन कष्टकर बन्दै गएको छ ।

सोमबार देखि बढेको चिसोका कारण नेपालगंजबाट हुने हवाई उडान समेत प्रभावित भएको छ ।

सोमबार राझाँ विमानस्थल बाट केहि उडान भए पनि मंगलबार भने बाक्लो मात्रामा लागेको कुहिरोका कारण उडानका लागी चाहिने भिजिबिलिटी कम भएकाले उडान हुन नसकेको राझाँ विमानस्थल प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए ।

माघ महिनाको सुरुवात संगै बाँके लगायत आसपासका जिल्लामा एक्कासि चिसो बढेको हो । बाक्लो हुस्सु र शितलहरले दैनिक ज्याला मजदुरी गरेर खाने बर्ग, ब्याबसायीहरु समेत मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्