गोविन्द केसीको अनसनप्रति बारको आपत्ती



प्रशान्त वली, काठमाडौं । नेपाल वार एशोसियशनले प्रा. डा. गोविन्द केसीले प्रकृया मिचेर प्रधानन्यायाधिसलाई लान्छना लगाएको आरोप लगाएको छ । शुक्रबार वार एशोसियशनले विज्ञप्ती जारी गरी न्यायाधिस बिरुद्ध उजुरी गर्नुपरेमा न्याय परीषद् हुँदा हुँदै अदालतको आदेश र फैसलालाइ लिएर अशिष्ट भाषाको प्रयोग गरेको बताएको छ ।

वार एशोसियशनका महासचिब खम्मबहादुर खातीले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ,–‘अदालतको फैसलालाइ लिएर स्वच्छ टिकाटिप्पणी नगरी व्यक्तिगत रुपमा लान्छना लगाउने, आफ्नो आमरण अनशन जारी राख्ने जस्ता बिषयबस्तुले प्रश्रय पाउने हो भने गलत प्रकृया र पद्यतिको बिकास हुने देखिन्छ ।’

 

बारले अनसनरत डा. केसीलाइ अनसन नबस्न समेत आग्रह गरेको छ । सर्वोच्चले डा. शशी शर्मालाई पुर्नबहाली गरेपछि डा. केसीले सर्वोच्चका प्रधानन्यायाधीस गोपाल पराजुलीको राजीनामा माग गर्दै अनसनरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्