मन्त्रिपरिषद्को बैठक: के के भए निर्णय ?



काठमाडौं । प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्न बसेको मन्त्रिपरिषद्को बैठकले दुवै निर्णय गर्न सकेन ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको वामपन्थीहरुले आरोप लगाउने गरेका छन्

२०३६ कात्तिक २७ धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बाहनामा प्रहरीले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो ।

बैठले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुखको नियुक्ति गर्ने भनिए पनि उक्त निर्णय गर्न नसकेको सरकारको प्रवक्ता मोहनबहादुर बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्