पूर्वराजा नेपालगञ्ज फर्किए



ईश्वरराज ढकाल, काठमाडौं । उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथको निम्तोमान्न चार दिन अघि लखनउ पुग्नुभएका पुर्व राजाा ज्ञानेन्द्र शाहको परिवार आज नेपालगंज आइपुगेका छन् ।

पुर्व रानी कोमल छोरी प्रेरणा बहिनी शोभा शाही पुर्व राजाका स्वकिय सचिव सागर तिमल्सिना र सम्वाद सचिव डा फणिराज पाठक, निजी सुरक्षाकर्मी र एक जना अर्दलीका साथ लखनउ पुग्नुभएका पुर्व राजा नेपालगंज फर्कनुभएको हो ।

उत्तर प्रदेश सरकारले उहालाई नेपाल भारतको सिमाना रुपडियामा पु¥याएको थियो । नेपालगंजमा रहेको पुर्व राजाको सुरक्षाकर्मी सहितको टोलीले स परिवारलाई नेपालगंज स्थित सोल्टी होटलमा ल्याएको छ । केही दिन मध्यपश्चिमाञ्चलको भ्रमणमा बिताउने योजना रहेको पुर्व राजाको पछिल्लो भ्रमण सुर्खेत र बर्दियाको ठाकुरद्धार हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्