आफ्नै श्रीमति कुटेर मार्ने पक्राउ

0
Shares

भद्रपुर, (नेस) । श्रीमतीको हत्या गरी फरार भएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार रहेको सूचनाका आधारमा बिर्तामोड नगरपालिका–९ का ४६ वर्षीय देवान टुडुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो ।
पुस२२ गते राति देवानले श्रीमती शान्तिलाई निर्घात कुटपिट गरेको प्रहरीको भनाइ छ । मादक पदार्थ सेवन गरिरहने देवानले यसअघि पनि श्रीमतीलाई पटकपटक कुटपिट गरिरहने प्रहरी अनुसन्धानमा खुलेको छ । कुटपिटपछि घाइते भएकी शान्तिलाई उनले आफैँ बिर्तामोडस्थित एक हस्पिटल लगेका थिए ।
हस्पिटलले टाउकोमा समस्या रहेको बताएपछि उनले श्रीमतीलाई घरमै लगेर राखेका थिए । २४ गते राति शान्तिको मृत्यु भएपछि देवान फरार भएका थिए । फरार देवानलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।