झापाका होटलमा यौन धन्दा



उत्तम नेपाल, भद्रपुर । होटल सञ्चालकले युवतीलाइ जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले सञ्चालकलाई नियन्त्रणमा लिएको छ । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

सञ्चालकले विभिन्न तीन स्थानका तीनजना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको र निजले कमाएको चार लाख पनि सञ्चालकले नै राखी, नदिएका कारण ती युवतीले प्रहरीलाई जानकारी दिएको आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालयका डिएसपी कृष्ण प्रसाद कोइरालाले जनाए ।

युवतीलाई सञ्चालकले कोठा भाडामा लिई दिनभरि कोठामै राखी रातिको समयमा विभिन्न होटल एवं लजमा सम्पर्कको आधारमा यौनजन्य कार्य गराउन लगाउने युवतीको आरोप रहेको प्रहरीले जनाएको छ । सिटौलालाई पक्राउ गरी मानब बेचबिखन सम्बन्धि मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णु कुमार केसीले जनाए । पछिल्लो समयमा होटलवाट पक्राउ परेका आरोपितलाई प्रहरीले मुद्दा दर्ता गराउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्