उद्योगी र दलाल मिलेर उखुु किसन डाम्दै



रौतहट । उद्योगी र दलाल मिलेर उखुु खरिदमा किसानलाई ठगी गरिरहेका छन् ।

नियमनकारी निकायको मौनताका कारण उद्योगीले छुुट्टाछुुट्टै स्थानमा उखुु खरिदका लागि काँटा राखेर दलालमार्फत निर्धारित दरभाउभन्दा निकै कम मूल्यमा किसानको उखुु खरिद गरिरहेका छन् ।

उखुु उत्पादक किसान संघ र चिनी उत्पादक उद्योगीबीच काठमाडौँमा अर्को भाउ नतोकुन्जेल प्रतिक्विन्टल उखुुको मूल्य मिलमा ५३१ रुपैयाँ २० पैसा निर्धारण गरिएको थियो । निर्धारित दररेटमा किसानको उखुु खरिद गर्नुुपर्नेमा गरुडास्थित श्रीराम सुुगर मिल्स, रिलायन्स सुुगर मिल तथा एभरेष्ट सुगर मिल्सले २६ रुपैयाँ २० पैसा कम मूल्यमा खरिद गरिरहेको किसानले गुुनासो गरेका छन् ।

जिल्लामा २० लाख क्विन्टलभन्दा बढी उखुु उत्पादन हुुन्छ । श्रीराम सुुगर मिल गरुडाले प्रतिक्विन्टल ६ रुपैयाँ २० पैसा कम मूल्यमा खरिद गरिरहेको छ । सो मिलले दलालमार्फत उखु खरिद गरि किसानलाई शोषण गरिरहेको कटहरिया नगरपालिका–१ हर्षाहाका गणेश साहले बताए ।

त्यसैगरी, रिलायन्स र एभरेष्ट सुुगर मिलका केही कर्मचारी र दलाल मिलेर समनपुर, बडहरवा, विजयपुर, दुधिअवालगायत स्थानमा काँटा खोलेर प्रतिक्विन्टल उखुु रु १६ देखि रु २६ कममा खरिद गरिरहेका पीडित किसानले बताएका छन् । उखुु उत्पादक किसान संघका अध्यक्ष अशोककुुमार यादवले तीनवटै मिलका कर्मचारी र केही व्यापारी मिलेर किसानलाई ठगी गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्