प्रधानन्यायाधीश पराजुलीलाई पनि इजलासमा झिकाउन माग



नेपाल समाचारपत्र, काठमाडौँ।
डा. केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको बहस सर्वोच्चमा न्यायाधीश पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा भइरहेको छ ।डा. केसी पक्षका वकिलहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पनि इजलासमा उपस्थित गराउन माग गरेका छन् ।

अदालतमा बयानका क्रममा र इजलासमै डा. केसीले पराजुलीमाथि भष्ट्रचारीको आरोप लगाएका छन् । अधिवक्ता दिनेश त्रिपाठीले पराजुलीलाई इजलासमा झिकाएर आफ्ना कुरा राख्न दिनुपर्ने बताए ।

यसका साथसाथै प्रधानन्यायाधीशमाथि लागेको आरोपहरुबाट छानविन गर्नुपर्ने केसीका वकिलहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्