विमानस्थलबाटै ओलीले भनेःकानुनी कुरामा अप्ठ्यारो लाग्यो भने गोविन्द केसीजीसँग सोध्नुु



मधुसुदन रायमाझी, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको प्रक्रिया लम्बिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सरकार गठन गर्नको लागि प्रधानमन्त्री शेरबहादुर बहानाबाजी गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । अध्यक्ष ओलीले निर्वाचन आयोग र डा. गोविन्द केसी दुबैप्रति व्यंग्य गरेका छन् ।

उपचारका लागि बैंकक जानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘यदि कानुनी कुरामा अप्ठ्यारो लाग्यो भने गोविन्द केसीजीसँग सोध्नु भए पनि हुन्छ । गोविन्द केसीजीले धेरै कुरा फटाफट भनिराख्नु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्