बयानका क्रममा केसीले भनेः प्रधानन्यायाधीश नै माफिया र भ्रष्टाचारी



प्रशान्त वली , काठमाडौँ ।
डा. गोविन्द केसीविरुद्धको अदालतको अवहेलना मुद्दामा बहस जारी छ । बहसका क्रममा आफ्नो बयान राख्दै डा. गोविन्द केसीले सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुली माफिया र भ्रष्टाचारी भएको आरोप लगाएका छन् ।

केसीले यस अघि पराजुलीले गरेको मेडिकल सम्बन्धीको मुद्दाको फैसलालाई तीन करोड जनताको स्वस्थपूर्वक जिउन पाउने अधिकारको हनन भएको आरोप लगाउँदै फूले गल्ती गरेको भए पाँच वर्ष जेल बस्न तयार रहेको बताए ।

उनले प्रधानन्यायाधीशमाथि बयानकै क्रममा यस्तो अरोप लगाएपछि अधिवक्तहरुले आपत्ति जनाएका छन् । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा बहस जारी छ ।

प्रतिक्रिया दिनुहोस्