निर्वाचनका लागि १० दल दर्ता



काठमाडौं, (नेस)
राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा १० वटा राजनीतिक दलले दल दर्ता गरेका छन्। आउँदो माघ २४ गते हुने निर्वाचनका १० वटा राजनीतिक दलले दर्ता गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। आयोगमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित मधेसवादी दलले पनि अझै दल दर्ता गराएका छैनन्।

उहाँका अनुसार नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रवादी), विवेकशील साझा पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले दल दर्ता गरेका छन्। आयोगले यही पुस १४ देखि २८ गतेसम्म राष्ट्रियसभाको निर्वाचनका लागि राजनीतिक दललाई दल दर्ताको समय दिएको हो।

प्रतिक्रिया दिनुहोस्