एमाले अध्यक्ष ओली अाज बैंकक जाँदै



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि अाज थाइल्याण्डको बैंकक जाँदै छन् ।

उनी बुधबार मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक जाने कार्यक्रम भएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउनेछन ।

सचिव ज्ञवालीले ओलीका साथ धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेत जाँदैछन् । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उनी बैंकक जाने गरेका छन् ।

निर्वाचनको बेला दौडधुपका कारण ओलीको स्वास्थ्यमा परीक्षण गराउनुपर्दछ भनी चिकित्सकको सुझावअनुसार उनी बैंकक जाने भएका हुन् । निर्वाचनअघि नै स्वास्थ्य परीक्षण गराउने चिकित्सकको सल्लाह भए पनि निर्वाचनको कारणले उनी जान सकेका थिएनन् ।

स्वास्थ्य परीक्षण गराई उनी माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको सचिव ज्ञवालीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्