वाम गठबन्धन एकताको संगठानात्मक स्वरुप तयार



काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकताको लागि संगठानात्मक स्वरुप तयार पारेका छन् । एकता संयोजन समितिले संगठनको खाका तयार पारेको बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए ।

एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको बैठकले राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार निर्माणको लागि सुवास नेम्वाङको् संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको छ । कार्य दलमा शंकर पोखरेल, रामबहादुर थापा, सुनेन्द्र पाण्डे, वर्षमान पुन र मात्रिका यादव छन् ।

प्रतिक्रिया दिनुहोस्