डा. केसी आज पनि प्रहरी हिरासतमै



प्रशान्त वली, काठमाडौँ ।

अदालतको अवहेलना मुद्दामा पक्राउ गरेर सर्वोच्च अदालत लगिएका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको बयान नसकिएपछि उनीसँग भोलि बुधबार पनि बयान लिइने भएको छ । डा. केसीलाई आज पनि प्रहरी हिरासतमै राख्न अदालतले आदेश दिएको छ ।

सर्वोच्चको आदेशपछि पक्राउ परेका डा। केसीलाई विहान ९ बजे नै अदालतमा हाजिर गराइएको थियो। न्यायाधीशद्वय ओमप्रकास मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा पेशी तोकिएको थियो । यसैबीच बयान सकिए लगत्तै डा. केसीलाइ उपचारका लागि बीर अस्पताल लगिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्