बस दुर्घटना हुँदा २ को मृत्यु, ५ को अवस्था गम्भीर



नवलपरासी (नेस) ।
नवलपरासी वर्दघाट सुस्ता पश्चिम रामग्राम ११ रानीपकडमा मंगलबार बिहान सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नलपरासी पश्चिमका अनुसार परासी भूमही हुलाकी खडक खण्डमा परासीबाट भूमहीतर्फ आउँदै गरेको लु१ख९२३६ नम्बर बस र विपरीत दिशातर्फ जाँदै गरेको ना५ख ९२४५ को ट्रक एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बसका सहचालक रामग्राम ५ बस्ने २६ वर्षीय जितेन्द्र कुमार पाण्डेको उपचारको क्रममा भूमही सामुदायिक अस्पताल र बसमा सवार रामग्राम २ का ३५ वर्षीय अरबिन्द ठाकुरको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका बसमा सवार अन्य ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुकोण् परासी, भूमही र रुपन्देहीको मणिग्रामको अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्