बयानका लागि अदालत लगियो डा. केसीलाई

0
Shares

काठमाडौं । अनसनस्थलबाटै हिंजाे पक्राउ परेका डा गोविन्द केसीलाई बयानका लागि सर्वोच्च अदालत लगिएको छ।

महानगरी प्रहरी बृत्त सिंहदरबार राखिएका केसीलाई आज साढे ८ बजे नै अदालत पेश गरिएको हो।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनले गरेका कामहरु बारे छानबिन गर्न माग गरेपछि अदालतको मानहानी भन्दै उनलाई पक्राउ गर्न हिजो आदेश दिइएको थियो।