एकता संमोजक समितको बैठक आज



मधुसुदन रायमाझी काठमाडौं । नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकीकरण गर्ने विषयमा छलफल गर्न सोमवार (आज) एकता संमायोजक समितिको बैठक बस्ने भएको छ । गतकार्तिक १७गते पार्टी एकतागर्ने घोषणा गरेकाएमाले र माओवादी केन्द्रबीच बहुप्रतिक्षित एकता संयोजक समितिको बैठक आज बस्न लागेको हो ।

निर्वाचन सम्पन्न भएलगत्तै पार्टी एकतागर्ने घोषणा गरेको बाम गठबन्धनले पार्टी एकताको बैचारिक राजनीतिक र संगठनात्मक विषयमा साझा धारणा तय गर्नको लागि एकता संमायोजन समितिको बैठक बस्ने भएको छ । राष्ट्रिय सभाको विधेयक र नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएको कारण लम्बिदै आएको एकता संयोजक समितिको बैठक बस्नु अघि दुवै दललले आ–आफ्नो पार्टीमाआन्तरिक छलफल समेत गरेका छन् । एकता संयोजक समितिको बैठक एमाले अध्यक्षको निवास भक्तपुरको बालकोटमा बस्ने तय भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

एकता संयोजक समितिमा एमालेको तर्फबाट अध्यक्ष ओली, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नेताद्धय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापावादल रहनुभएको छ । ओली र प्रचण्डबीच पार्टी एकीकरणको विषयमा मोटामोटी सहमति भएपनि लामो समयदेखि बस्न नसकेको एकता संयोजक समितिको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्