तराईका २२ जिल्लामा राहत वितरण गरिने

0
Shares

काठमाडौं, (नेस)
सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको अत्यधिक चिसोको मारमा परेका तराईका २२ जिल्लामा सरकारले राहत वितरण गर्ने भएको छ। सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले चिसो प्रभावित सर्वसाधारणलाई २ करोड २२ लाख बराबरको राहत वितरण गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गृह मन्त्रालयले तराईका २२ जिल्लामा एक जिल्ला बराबर १० लाख बराबरको कम्बल, दाउरालगायत न्यानो सामग्री वितरण गर्ने निर्णय गरेको हो। मन्त्रालयले सोमबारै सरकारको मौज्दातमा रहेका कम्बललगायत सामग्री पनि तत्काती जिल्लामा पठाउने तयारी गरेको छ।

मन्त्रालयले जिल्लास्थित स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिसमा उक्त राहत वितरण गर्न निर्देशनसमेत दिएको छ। मन्त्रालयले तत्काकेन्द्रीय दैवी प्रकोप उद्धार कोषबाट उक्त रकम वितरण गर्ने भएको हो।

मन्त्रालयले तराईमा विद्यालयललगायत सार्वजनिक भवनमा बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानोमा राख्न अस्थायी सेल्टर पनि खडा गर्न सम्बन्धित जिल्लालाई निर्देशन दिएको छ।