अदालतको अपहेलना मुद्दामा डा गोविन्द केसी पक्राउ, महानगरीय प्रहरी परिसर टेकु लग्ने तयारी



काठमाडौं– अदालतको अपहेलना मुद्दामा डा गोविन्द केसी पक्राउ परेका छन्।

सर्वोच्च अदालतको आदेशका आधारमा प्रहरीले डा केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पक्राउ गरेको हो। उनलाई पक्राउपछि महानगरीय प्रहरी परिसर टेकु लगिने एसपी रामदत्त जोशीले  बताए।

स्रोतका अनुसार डा केसीलाई अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राख्ने तयारी छ। मंगलबार अदालतमा उपस्थित गराउन सजिलो हुने भएकाले उनलाई सिंहदरबार वृत्तमा राख्न लागिएको हो।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का डीन नियुक्ति प्रकरणमा अदालतको फैसला विरुद्ध डा केसीले दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै सर्वोच्चमा सोमबार रिट दायर भएको थियो। सर्वोच्चले डा केसीलाई मंगलबार बिहान ९ बजे पक्राउ गरेर उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्