लागुऔषध धन्दामा मानव अधिकार कर्मी



हेटौंडा, (नेस) । लागुऔषधसहित प्रहरीले एक मानव अधिकारकर्मीलाई पक्राउ गरी मुद्दा चलाएको छ । इलाका प्रहरी कार्यालय मनहरीले प्रतिवन्धित लागुऔषध नाइट्रोभेटसहित चितवन रत्ननगर नगरपालिका–४ का सञ्जय चौधरी र २६ वर्षीय सञ्जय भुजेललाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीले मानवअधिकार आयोगको ज्याकेट लगाएको र उनको साथबाट मानवअधिकारकर्मीको परिचयपत्र बरामद गरिएको प्रहरीले जनाएको छ । उनी गत निर्वाचनमा मानवअधिकार अनुगमनमा खटिएका थिए ।

उनीहरुलाई लागुऔषध ऐन, २०३३ बमोजिम जिल्ला अदालत मकवानपुरबाट पाँच दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडाबाट चितवन जाँदै गरेको ना. ४२ प ४६४७ नम्बर स्कुटरको फुट प्यानलभित्र कालो प्लाष्टिकमा लुकाएर लैजाँदै गरेको १९ पत्तामा ५ सय ७० ट्याब्लेट र रेस्काप ३ बोतलसहित उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्