प्रधानमन्त्रीलाई राष्ट्रपतिकाे यस्ताे सुझाव



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच अाज बिहान भेटघाट भएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच प्रदेशप्रमुख र प्रदेशमुकाम बारेमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई दलहरुसँगको सहमतिमा प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी छन् । भेटमा प्रधानमन्त्री देउवाले  राष्ट्रपति भण्डारीलार्इ राष्ट्रियसभा निर्वाचन बारे जानकारी समेत गराएका थिए ।

वाम गठबन्धनको असहमति र मुकाम माग्दै विभिन्न ठाउँमा भइरहेको आन्दोलनको कारण सरकारले प्रदेशको अस्थायी केन्द्र तोक्न सकेको छैन । प्रदेशमुकाम तोक्न असहज भएपछि सरकारले प्रदेश प्रमुखहरु मात्र नियुक्त गरेर प्रदेशसभा सदस्यलाई काठमाडौमै शपथ खुवाउने तयारी गरेकाे छ । त्यसकाे सर्वत्र आलोचना हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्