गुठी संस्थानमा बबण्डर

0
Shares

गत शुक्रवार सम्पन्न बैठकले महोत्तरीको सिमरदहि मठको महन्तमा रविन्द्र दास वैष्णवलाई नियुक्ति गरिएको बाहेक अन्य निर्णय सार्वजनिक नगरेको बारे कर्मचारीहरुको चर्को असन्तुष्टि । यो बैठक लगातार पाचदिन सम्म चलेको थियो ।

सुरेश तामाङ, काठमाडौं । राजनीतिक नियुक्ति हुने गुठी संस्थानको अध्यक्ष र प्रशासकको पदावदी सकिएसंगै भुमिसुधार मन्त्रालय सिहदरबार र प्रधानमन्त्री निवास बालुवाटारमा आकाक्षिहरुको दौडधुप बढेको छ । आकर्षक कमाउ अड्डाको रुपमा हेरिने यो संस्थानमा प्रशासक नियुक्ति गर्ने क्रममा मोटो रकमको चलखेल समेत हुने गरेको आरोप लाग्ने गरेको छ ।

गुठी संस्थानका अध्यक्ष लक्ष्मण ज्ञवाली र प्रशासक नारायण चौधरीको समयावधी हालै सकिए पछि भुमिसुधार मन्त्रालय र प्रधानमन्त्री निवास धाउने आकाक्षिहरु बढेका हुन । गुठी संस्थानको देशभर करिब १४ लाख ४२ हजार रोपनि जग्गा रहेको छ । धर्म संस्कृती र परम्पराको संरक्षण र संवद्र्धन गर्ने, गुठिको जग्गाको संरक्षण गर्ने, सांस्कृतिक र पुरातात्विक महत्वको मठमन्दिरको अभिलेख राख्ने, विभिन्न जात्रा पर्व चलाउने, जग्गाको प्रशासन (व्यवस्थापन) गर्ने जस्ता महत्वपुर्ण काम गर्ने गुठि सस्थान पछिल्लो समय धरासायी हुदै गएको बताइएको छ ।

समाचार स्रोतका अनुसार प्रशासकमा पुन दोहो¥याउन नारायण चौधरी भुमिसुधार मन्त्रि गोपाल दहितलाई मनाउने प्रयास गरिरहेका छन् । चौधरीको कार्यकालमा गुठी संस्थानको जग्गा संरक्षणको अभावमा दुरुपयोग भएको तथा स्वयम संस्थानले समेत गुठीको जग्गा श्रेष्ताको अभिलेख अद्याबदिक गर्न नसकेको जस्ता अनियमितताको आरोप लागेको भन्दै मन्त्री दहितले उहालाई प्रशासकमा पुन नियुक्ति दिन आनकानी गरिरहेका छन् । चौधरीले प्रशासकमा पुन नियुक्ति हुन काग्रेस नेता एवं प्रधानमन्त्री शेरवहादुर देउवाको विश्वासिलो पात्र विमलेन्द्र निधि मार्फत प्रधानमन्त्रीलाई मनाउने प्रयास पनि गरिरहेको स्रोतको दाबी छ ।

आफु नियुक्ति हुदा भुमिसुधार मन्त्रालयका सचिव लोकदर्शन रेग्मी अहिले मुख्य सचिव भएकोले पनि आफुलाई पुन प्रशासकमा नियुक्ति लिन सजिलो हुने भन्दै बालुवाटार धाइरहेको स्रोतको दाबी छ । जानकाी मन्दिरका महन्त रामतपेश्वर दासलाई पुन नियुक्ति दिने सर्तमा काग्रेस नेता विमलेन्द्र नीधि चौधरीलाई प्रशासक बनाउन प्रधानमन्त्री देउवालाई फकाइरहेको स्रोतको दाबी छ । भुमिसुधार मन्त्री दहित भने चौधरीप्रति नेगेटिभ रहेको बताइन्छ । ‘गुठी संस्थानका एक उच्च अधिकारी भन्छन–चौधरी संग भुमिसुधार मन्त्रि कन्भिन्स छैनन् ।’

जानकी मन्दीरमा महन्त नियुक्ति गर्दा पनि मोटो रकम चलखेल हुने गर्दछ । जानकी मन्दिरमा महन्त नियुक्ति बारे २०७४ साल श्रावण २८ गते सर्वोच्च अदालतले दिएको परमादेश पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । तत्कालिन अवस्थामा सवोच्च अदालतले जानकी मन्दिरमा पहिला नियुक्त भएको महन्त र अहिले नियुक्त भएको महन्त प्रक्रिया नपुगेको भन्दै वैद्ध र प्रक्रियागत ढंगले महन्त नियुक्त गर्न आदेश दिएको थियो । सवोच्चको आदेश लामो समयसम्म पनि कार्यान्वयन नगरेपछि गुठी सस्थानलाई मानहानीको मुद्धा परेको छ ।

हालै लगातार पाँचदिन सम्म बसेको गुठि संस्थान सञ्चालक समितिको बैठकले गरेको निर्णयबारेमा पनि गुठिका कर्मचारीहरु अनविज्ञ रहेको जानकारी दिएका छन् । पाचदिन सम्म बसेको बैठक गत शुक्रवार सकिएको थियो । संस्थानका एक उच्च अधिकारीका अनुसार उक्त बैठकले महोत्तरीको सिमरदहि मठको महन्तमा रविन्द्र दास वैष्णवलाई नियुक्ति गरिएको बाहेक अन्य निर्णय सार्वजनिक गरिएको छैन । अब फेरी नियुक्ति हुने हो वा होइन भनि अध्यक्ष र प्रशासकले अन्य धेरै निर्णय गरेको हुन सक्ने संस्थानका कर्मचारीहरुले आशंका व्यक्त गरेका छन् ।
यस अघि आफ्ना प्रमुखले मन्त्रिपरिषदको निर्णय विपरित दोहोरो सुविधा लिएको भन्दै आलोजना गर्दै आएका गुठिसस्थानका कर्मचारीहरुले पछिल्लो समय संस्थान धरासायी हुदै गएको भन्दै तालुक अड्डा भुमिसुधार मन्त्रालयमा पटक पटक गुनासो गर्दा पनि सुनुवाई नभएको गुनासो गरेका थिए । दोहोरो सुविधा बारे मन्त्रीपरिषदको २०७२ माघ ८ को निर्णय विपरित हाल सम्म दोहोरो सुविधा उपयोग गरेको भन्दै कर्मचारीहरुले विरोध गरेका थिए ।

गुठी संस्थान भित्र उच्च कर्मचारीको मिलेमत्तोमा केन्द्रिय कार्यालय परिसरमा पार्किङ टेण्डर ठेक्कामा समेत अनियमितता भएको पनि बताइएको थियो । पार्किङ ठेक्का लगाउन मागिएको टेण्डरमा वार्षिक १० लाख कबुलेको टेण्डर फाइल पेन्डिङमा राखि दुईवर्षको २० लाख रुपैया संस्थानलाई घाटा पु¥याएको बारेमा समेत सम्बन्धित मन्त्रालयले वास्ता नगरेको कर्मचारीहरुले गुनासो गरेका थिए । साथै, संस्थानको अक्षयकोष र कल्याण कोषमा रहेको २ अर्ब ३५ करोड रुपैया पनि वोर्ड बैठकको निर्णय विना विभिन्न बैठमा रकम राखिएको बारेमा पनि यस अघि चर्चा भएको थियो ।