पूर्वराजा ज्ञानेन्द्र र उत्तर प्रदेशका मुख्यमन्त्री योगीबीच भेट



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेट भएको छ । लखनउ पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पूर्व राजा शाहले भेटेका हुन । पूर्वराजा लखनउ जाने समाचार नेपाल समाचारपत्रले साेमबार प्रकाशित गरेकाे थियाे ।

केही दिनदेखि मध्य तथा सुदूरपश्चिम भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र त्यहीबाट लखनउ पुगेका थिए । आफ्नो सरकारी आवासमा ज्ञानेन्द्रसँग भेट भएको भन्दै आदित्यनाथले तस्वीर ट्वीट समेत गरेका छन् ।

तस्वीरः योगी दायित्यनाथको ट्वीटरबाट

प्रतिक्रिया दिनुहोस्