चिसोबाट राजविराजमा २ जनाको मृत्यु



विगत पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठाकुरको गाईगोठमा बसिरहेको अवस्थामा जाडोको कारण मृत्यु भएको हो भने, चौधरीको आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ ।

सप्तरीमा चिसोका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्