ओली बैंकक जाँदै



काठमाडौं, (नेस)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आगामी पुस २६ गते बुधबार बैंकक जानुहुने भएको छ। चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य परीक्षण गर्न ओली बैंकक जान लाग्नुभएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो।

मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आउनुभएको ओली बैकक जान लाग्नुभएको हो। नयाँ सरकार गठनमा ढिलाइ हुने भएसँगै ओलीले यसबीचमा स्वास्थ्य परीक्षण गर्न जान लाग्नुभएको अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार ओलीको भ्रमण पुस २६ देखि ३० सम्मका लागि तय भएको छ। पखालाका कारण केही दिनदेखि अस्वस्थ्य हुनुभएका ओली स्वस्थ हुनुभएको र नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जान लाग्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्