‘मेरा साथीभाइ फसाएपछि मार्न लगाएँ’



काठमाडौँ ।  नेकपा एमाले रुपन्देही–१ का अध्यक्ष निलकण्ठ पौडेलका छोरा बसन्त पौडेल बलुको हत्या अाज हत्या भयाे ।गोली लागेर घाइते भएका पौडेलको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेका थिए ।

मैले मार्न लगाएँः मनोज पुन
नेपाल प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका मनोज पुनले मलेसियाबाट फोन गरेर आफ्नो समूहले नै बलुको हत्या गरेको बताएका छन् ।

सञ्चारकर्मीलाई फोन गरेर पुनले भनेका छन्, ‘मैले नै मार्न लगाएको हुँ, मेरा केटाहरुले मारेको हो, घटनाको जिम्मा मै लिन्छु ।’

पुनले भनेका छन्, ‘दुर्गा तिवारीलाई भन्दा पहिला नै बलुलाई सम्झाएको थिएँ, मेरो काममा दुःख नदिनू, मैले केही सहयोग गर्नु पर्ने भए भन्नु तर बलुले मानेन ।’

किन गरिएको त हत्या ?
आफू मलेसियामामा रहेको बताउँदै पुनले भने, ‘दुर्गा तिवारी हत्याकाण्डमा पनि संलग्नै नभएका आफ्ना ८–१० जना साथीहरुलाई फसाउने काममा बब्लुको संलग्नता छ । मेरा साथीहरुलाई फसाउने काम भएपछि बदला त लिनु नै थियो ।

को हुन् बलु ?
रुपन्देही क्षेत्र नम्बर १ का नेकपा एमाले अध्यक्ष निलकण्ठ पौडेलका छोरा हुन् वसन्त । बलुको देवदहमै उज्ज्वल समिल उद्योग छ ।

को हुन् मनोज पुन ?
२०७३ पुस ४ गते नेकपा एमाले भ्रातृसंगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्यापछि चर्चामा आएका हुन् मनोज पुन ।

उनी पहिला युवासंघमै संलग्न थिए, युथफोर्सका क्षेत्रीय कोषाध्यक्ष थिए । ठेक्कापट्टा गर्थे । फिरौती माग्ने, गुण्डागर्दी गर्ने काम जारी राखेपछि कारबाहीमा परेका थिए मनोज । देवदह–२ का पुन नेपाल बसेर आपराधिक गतिविधि बढाउन असहज भएपछि भारतको गोवा, मुम्बइ, पुने, लखनउ र सीमाक्षेत्रमा बस्दै आएको सूचना प्रहरीले पाए पनि पक्राउ परेका छैनन् । मनोजले फोनमा आफू मलेसियामा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्