ट्रेन दुर्घटना


जोहानेसवर्ग, (एजेन्सी)
दक्षिण अफ्रिकामा एउटा ट्रकसँग ठक्कर दिएपछि अर्को यात्रुवाहक ट्रेनमा आगो लागेको छ। बिहीबार भएको उक्त दुर्घटनामा चार जना व्यक्तिको मृत्यु हुनाको साथै अन्य चालिस जना घाइते भएको उद्धारकर्मीहरुले बताएका छन्। टेलिभिजनमा प्रसारण गरिएको भिडियो फुटेजमा कम्तीमा एउटा डिब्बामा आगो लागेको र नजिकै ट्रक र कार पल्टिएको देखिन्छ। साथै सो फुटेजमा ट्रेनबाट निकालिएका यात्रुहरु सडक छेवमा लगेजसहित उभिएका देखिन्छन्। फ्रि स्टेट प्रान्तको क्रुन्स्टाड शहरनजिक ट्रक क्रसिङमा रोकिन नसकेपछि सो दुर्घटना भएको हो।