वल्ढेङ्गगढीमा पहिलो पटक बस पुग्दा स्थानीय खुशी

0
Shares

नेपाल समाचारपत्र,पाल्पा ।

जिल्लाको सुदुर पश्चिममा पर्नै साविक वल्ढेङ्गगढी गाउ विकास समितीमा पहिलोपटक वस पुगेको छ । हाल रैनादेवी छहरा गाउ पालिकामा पर्नै सो स्थानमा यस अघि साना सवारी साधन पुगेपनि पहिलो पटक वस पुग्दा स्थानीयमा खुशी र उत्साह थपिएको छ ।

पूर्व सांसद हरिप्रसाद नेपालको पहलमा २०४८ साल देखि निर्माण कार्य सुरुवात गरिएको २६ बर्ष पछि पश्चिम पाल्पाका गाँउलाई सदरमुकाम तानसेन देखि यातायातले जोडे पछि गाउलेहरुले खुशी मनाएका छन ।
रुपन्देही जिल्लाको साल्झन्डीबाट पाल्पाको बल्डेङगढी सत्यवती ,जुठापौवा हुदै सुन्दरेढुंगा सम्म यात्रुब।हाक बस ल’१ ख ५५८७ पहिलो पटक पुग्दा स्थानीय वासिन्दाले खुसियाली मनाएका थिए ।

यस ग्रामीण सडकलाई पुरा गर्न २०४८ साल देखि नै हाल सम्म संसद विकास कोषको ५ करोड र गाँउपालिकाको १ करोड रकमले २६ वर्ष पछि पुरा गरिएको हो । सडक निर्माण कार्य पुरा भएपछि पहिलो पटक गाउँमा यात्रुले भरिएको बस पुग्दा स्थानिय वासिन्दाले सवारी चालकलाई सम्मान समेत गरे । यस सडकको पूर्व सांसद हरि प्रसाद नेपालले उद्घाटन गर्नुभयो ।

पश्चिम पाल्पा देखि रुपन्देही जोडिने मुख्य सडकका रुपमा लिइने यस सडकखण्डबाट त्यस क्षेत्रका ४ सय भन्दा बढी घर परिवार प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । सवारीका साधन नियमित रुपमा सञ्चालनमा आएपछि यस क्षेत्रमा उत्पादित कृषि उपजलाई रुपन्देहीको बुटवल , पाल्पाको सदरमुकाम तानसेन , सम्म पु¥याउनका लागि सहज भएको छ ।
रैनादेवी गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीका अनुसार सडक निर्माण कार्य पुरा गर्नका लागि गाउँपालिकाले रकम विनियोजन गरेको र यस सडक खण्डमा बाह्रै महिना यातायात सुचारु गर्नका लागि गाउँपालिकाले पहल गर्ने बताउनुभयो ।
यस भेगमा यातायात सञ्चालन भएपछि छिमेकी जिल्ला अर्घाखाचीको पूर्वी भेगका स्थानियवासी समेत लाभान्वित भएका छन् । सालझण्डी मौलाडाँडा मोटरवाटो उपभोक्ता समितीका अध्यक्ष शुरेश रायमाझीका अनुसार केही वर्ष पहिलेदेखि जोखिम मोलेर हिउदको समयमा साना सवारी साधन चलेपनि वसभने पहिलो पटक पुगेको हो । उनले अव वाहै महिना यो सडकमा वस चल्ने र स्थानीय कृषकले उत्पादन गरेका तरकारी खसीवोका, अदुवा लगायतका नगदेवाली वजार पु¥याउन र आवतजावत गर्न सहज हुने छ ।

‘मोटर अर्थात वस त पु¥याइयो अव विजुली,टेलिफोन र अन्य भौतिक पूर्वाधारको विकास गरि विकट रुपमा रहेको यस क्षेत्रको विकास गर्ने लक्ष्य लिएका छौं’ –गाउपालिकाका प्रमुख रामवहादुर कार्कीले भन्नुभयो ।