ईन्द्र गिरी, संखुवाभसा ।
संखुवासभा जिल्लामा प्रतिनिधिसभा तर्फको मतगणना एक पक्षिय ढंगबाट गरेको आरोप लगाउदै सर्वोच्चमा उजुरी पछि आज मतपत्र लगायत सम्पुर्ण निर्वाचन सामाग्री सेनाको हेलिकप्टरबाट निर्वाचन आयोग काठमाडौँ लगिएको छ ।
प्रतिनिधिसभा नेपाली काग्रेसका उमेद्धवार दिपक खड्काले पुष ३ गते सर्वोच्च अदालतमा पुन मतगणना माग गदै अदालतमा निवेदन दिए पछि अदालतले पौष १४ गते नै जिल्ला निर्वाचन संखुवासभालाई मुचुल्का सहितको मतपत्र सर्वोच्च पठाउन आदेश दिएको थियो ।मतपत्र लगायत निर्वाचन सामाग्री सर्बोच्चमा पठाउन आदेश अनुसार आज जिल्लाका कृयाशिल राजनैतिकदलका प्रतिनिधिका रोहवरमा सेनाको हेलिकप्टरबाट मतपत्र लगायतका सामाग्री पठाईएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनु भयो ।
प्रतिनिधिसभा उमेद्धवार दिपक खड्काले मतगणनामा निर्वाचनका कर्मचारीले पक्षपाति गरेको लगायत बदर मतको संख्या बढि देखाएको र मत गणनामा काग्रेसको प्रतिनिधि नहुदा पनि निर्वाचन अधिकृतले एक पक्षिय ढंगबाट मत गणना गरेको आरोप लगाउदै आउनु भएको थियो ।
संखुवासभा जिल्लामा प्रतिनिधिसभा तर्फ ६९ हजार २ सय ४६ मत खसेकोमा ३ हजार २ सय ५६ मत बदर भएको थियो । प्रतिनिधिसभा तर्फ नेकपा एमालेका उमेद्धवार राजेन्द्र गौतमले नेपाली काग्रेसका उमेद्धवार दिपक खड्कालाई १ हजार १ सय ३० मतअन्तरले पराजित गर्नु भएको थियो ।











प्रतिक्रिया