दल दर्ता गर्न आयोगको आह्वान



काठमाडौं, (नेस)
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरूलाई बिहीबार आह्वान गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको अध्यक्षतामा आयोगमा बसेको बैठकले सो निर्णय गरेको हो।

संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने हुन्छ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको र राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गरी संघीय संसद्को निर्माण गर्ने क्रममा निकट भविष्यमा नै हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले दलहरूलाई दल दर्ताका लागि आह्वान गरेको हो।

प्रतिक्रिया दिनुहोस्