कारागारमा कोचा–कोच, कैदिहरुलाई सास्ती



कालीवहादुर मल्ल, कालिकोट । जिल्ला कारगारमा क्षमता भन्दा दोब्वर कैदी–वन्दी भएपछि उनिरुलाई समस्या भएको छ । २५ जनाको क्षमता भएको यस घ श्रेणीको कारगारमा ४० जना कैदी, ११ जना थुनुवा रहेका छन भने एक वालिका आश्रीत गरी जम्मा ५२ जना वसिरहेका छन ।
महिला कैदिहरु तिनजना मात्र भएकाले त्याति समस्या नभएपनि पुरुष कैदि वन्दीहरु दुइगुणा वढी भएकाले वयवस्थापनमा समस्या आएको जेलर महोनप्रसाद शर्माले वताए । २०३२ सालमा वनेको कारगार भवनको अति जिर्ण अवस्था भएका कारण ०७३ चैत १३ गते एकजना कैदी भागेर गएको जेलर शर्माले वताए । क्षमता भन्दा बढी कैदी बन्दी राखिएकाले बिभिन्न समस्या आउने गरेको छ ।
जिण अवस्थाको भवन कोचाकोच गरी वस्नु परेको तिलागुफा नगरपालिका निवासी कैदी लक्ष्मण शाहीले गुनासो पोखे । उनले खानेपनी,खेल, मनोरन्जनका समाग्री समेत नभएको वताए ।
जिल्ला कारागारमा एकजना हेल्थ असिष्टेनको दरबन्दी भए पनि दुइबर्ष अगाडी देखि दरबन्दी रिक्त रहेकाले उपचार गर्नलाइ समस्या हने गरेको छ । कैदी तथा थुनुवाहरु समान्य बिरामि हुँदा पनि उपचारको लागी जिल्ला अस्पतालमा पुगाउनु पर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्